विगत एक साता निरन्तर रातो अंकमा रहेको नेप्से मंगलबार भने हरियो अंकमा देखिएको छ। गत मंगलबारयता कारोबार भएका सबै दिनमा नेप्से रातो अंकमा बन्द भएकोमा आज ०. ७५ अंकमा हरियो रह्यो।
कारोबार रकममा भने अझै उत्साह देखिएको छैन। अघिल्लो दिन ३१ करोडको कारोबार भएकोमा यस दिन ३० करोड ७० लाखमा खुम्चिएको छ। यद्यपी परिसूचकमा आएको झिनो सुधारले लगानीकर्तामा केही आशा देखिएको छ। नेप्से १५०२ अंकमा कायम भएको छ। १५५ कम्पनीको ६ लाख ७४ हजार कित्ता सेयर किनबेच भएको छ।
विकास बैंक, फाइनान्स र अन्य समूहबाहेक सबै ओर्लिएका छन्। विकास बैंक ०. ८, फाइनान्स ४. ५ र अन्य समूह ८. ६ अंकले बढेका छन्।
बैंकिङ ०.३, व्यापार ३.३, होटल ६.१, जलविद्युत ४.४, बिमा ८.९ र उत्पादन समूह ११. ६ अंकले घटेका छन्।
यस दिन कारोबारका आधारमा नेपाल बैंक नेपाल बैंक, एभरेष्ट बैंक, स्टान्डर्ड चार्टड बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स र नेपाल लाइफ इन्स्योरेन्सको १–१ करोडभन्दा बढीको कारोबार भयो भने अरु कम्पनीको कारोबार १ करोडभन्दा मुनि रह्यो।
जानाकी फाइनान्सका लगानीकर्ताले ३. ७ प्रतिशत नाफा कमाए। गुमाउनेमा हिमालयन डिस्टिलरीका लगानीकर्ता अगाडि रहे। सो कम्पनीको मूल्य ३. ७ प्रतिशतले घटेको छ। यस दिन पनि वाणिज्य बैंक समूहको सबैभन्दा धेरै रकमको कारोबार भयो।
लुम्बिनी जनरल इन्स्योरेन्सको हकप्रद सेयर सूचीकृत भएको छ। त्यस्तै ग्लोबल आइएमई बैंकले कात्तिक २३ गते साधारणसभा गर्ने घोषणा गरेको छ।