अमेरिकी डलर केही दिनयता महँगिएको छ। असोजको पहिलो साता डलरको बिक्रीदर मूल्य १ सय २ रुपैयाँको हाराहारीमा रहेकोमा आज शनिबार १०५ रुपैयाँनजिक पुगेको छ।
राष्ट्र बैंकले तोकेको बिनिमयदरअनुसार शनिबार डलरको बिक्रीदर मूल्य १०४ रुपैयाँ ९१ पैसा तथा खरिददर मूल्य १०४ रुपैयाँ ३१ पैसा छ।
चीनको अर्थतन्त्रमा संकुचन देखिनु र अमेरिकी अर्थतन्त्र बलियो बन्दा भारतीय मुद्रा कमजोर बनेको छ। भारतसँग स्थिर बिनिमयदर रहेको नेपाली मुद्रा त्यसैको प्रभावमा पर्दा नेपाली मुद्रा पनि स्वतः कमजोर भई डलर मजबुत बनेको हो।