आइतबार एकै दिन विभिन्न ५ कम्पनीहरुले लाभांशको घोषणा गरेका छन्। कैलाश विकास, सप्तकोसी विकास, साना किसान विकास बैंक तथा प्रुडेन्सियल इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्सले लाभांशको घोषणा गरेका हुन्।
कैलाश विकास बैंकले १० प्रतिशत बोनस तथा ९. ५ प्रतिशत नगद लाभांश दिने भएको छ। पु्रडेन्सियल इन्स्योरेन्सले २० प्रतिशत बोनस तथा सोको कर प्रयोजनका लागि आवश्यक रकम दिने भएको छ। सप्तकोसी विकास बैंकले ११ प्रतिशत बोनस तथा आवश्यक कर रकम भुक्तान गरिदिने निर्णय गरेको छ।
साना किसान विकास बैंकले २५ प्रतिशत बोनस तथा सोका लागि आवश्यक कर रकम छुट्याएको छ। सिद्धार्थ इन्स्योरेन्सले २० प्रतिशत बोनस तथा सोको लागि आवश्यक कर रकम लगानीकर्तालाई लाभांशस्वरुप दिने भएको छ।