दसैँ विदाका दिन पनि बैंक तथा वित्तीय संस्थाहरु खुला रहने भएका छन्।
घटस्थापना अर्थात आज पनि बैंक तथा वित्तीय संस्थाहरु खुला रहेका छन्। राष्ट्र बैंकले असोज ५, ७, ११, १२, १५ र १६ गतेका दिन राजश्व वापत प्राप्त हुने चेक क्लियरिङ गर्ने प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थाहरु खुला गर्न इजाजतपत्र प्राप्त संस्थाहरुलाई निर्देशन दिएको छ।
बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना ग्राहकलाई मध्यनजर गर्दै विदाका दिनमा समेत सेवा दिने भएका छन्। राजश्वको चेक क्लियरिङका लागि मात्रै नभई बैंकहरुले ग्राहकलाई सहजताका लागि पनि आफ्ना विभिन्न शाखाहरु संचालनमा ल्याउने बैंकर्स संघले जनाएको छ।