हिमालयन बैंकले यस वर्षको एचबिएल—दायित्व फेलोसिप अवार्ड कार्यकारी निर्देशक डा. पुकार मल्ललाई प्रदान गरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक समसेर जबराले अवार्ड वापत ५ लाख ४ हजार रुपैयाँ मल्ललाई हस्तान्तरण गरे।
बैंकले सन् २०१६ देखि नेपाली फेलोहरुलाई यो अवार्ड प्रायोजन गर्दै आइरहेको छ। आर्थिक समृद्धिको लागि विभिन्न सरकारी निकायहरु तथा नीति निर्माताहरुसँग सहकार्य गरी शासन प्रणालीमा नवीनता ल्याउन सहयोग पु¥याउन मद्दत गर्नेहरुलाई यस्तो अवार्ड प्रदान गर्ने गरिएको बैंकले जनाएको छ।
सोही अवसरमा कार्यकारी निर्देशक डा. मल्लले बैंकका प्रमुख कार्यकारी अधिकृत राणालाई फेलोसिप सञ्चालनका लागि गर्दै आइरहेको महत्वपूर्ण सहयोगको लागि प्रशंसा पत्र प्रदान गरे।