पोखरा फाइनान्सको एफपिओ बाँडफाँड भएको छ। एफपिओमा आवेदन स्वीकृत भएका सबैले कम्तीमा १० कित्ता पाएका छन्। कम्पनीले अंकित मूल्य १ सयमा १२० प्रिमियम रकम थपेर २२० मा एफपिओ बिक्री गरेको थियो।
लगानीकर्ताले न्यूनतम १० र अधिकतम ३१ कित्तासम्म सेयर पाएका छन्। आवेदन स्वीकृत हुने सबैलाई १० कित्ता दिइएको छ। त्यसपछि १० कित्ताभन्दा बढीका लागि भर्नेहरुलाई २० कित्ता र सोभन्दा बढी भर्नेलाई गोलाप्रथाबाट ३० कित्ता सेयर दिइएको छ। बाँकी दुई कित्ता रहेकोमा २ जनाले ३१ कित्ताका दरले गोलाप्रथाबाट पाएका छन्।
१४ हजार ९६८ जनाले १० कित्ता, १० हजार १०६ जनाले २० कित्ता, १९ हजार ९७० जनालाई ३० कित्ता सेयर परेको छ। २ जनाले ३१ कित्ता पाएका छन्।
कम्पनीको एफपिओमा कुल ७२ करोड ६० लाख रुपैयाँको आवेदन परेको थियो। फाइनान्सको चुक्ता पुँजी ५५ करोड ७४ लाख छ। बजारमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता २३६ रुपैयाँको हाराहारीमा छ।