कम्पनीहरुले दिने नगद लाभांशमा बजार मूल्यको १० प्रतिशत भन्दा बढी हुन आएमा अबदेखि सेयर मूल्यमा समायोजन हुने भएको छ।
हालसम्म कति पनि रकमको लाभांशलाई समायोजन गरिँदैनथ्यो भने बोनस र हकप्रद सेयरको मात्रै समायोजन हुँदै आएको थियो।
बजार मूल्यको १० प्रतिशत वा सोभन्दा बढी नगद लाभांश दिने भएमा सोका आधारमा अबदेखि सेयरको मूल्य समायोजन हुने नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए।
अर्थ मन्त्रालयले नगद लाभांशलाई पनि समायोजन गर्नेगरी निर्देशन दिएपछि यसै सिजनदेखि यो प्रक्रिया लागू हुने भएको उनले बताए।