सेञ्चुरी कमर्सियल बैंकको विशेष साधारण सभाले अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्सलाई प्राप्ती गर्ने प्रस्ताव स्वीकृत गरेको छ।
अल्पाइन डेभलपमेन्ट बैंकको १०० कित्ता बराबर सेञ्चुरी कमर्सियल बैंकको ९३ कित्ता र सेती फाइनान्सको १०० कित्ता बराबर सेञ्चुरीको ७० कित्ता सेयर हुने गरी सभाले अनुपात तय गरेको छ।
यो प्राप्ती पश्चात बैंकको चुक्ता पुँजी ६ अर्ब हुनेछ। यसैगरी सेञ्चुरी बैंकले १ अर्ब ८८ करोड बराबरको हकप्रद सेयर बिक्रीपछि ८ अर्बको नपुग पुँजीमा बोनसबाट प्राप्त हुने बताइएको छ।
बैंकको कुल शाखा कार्यलयहरु करिब ९० वटा हुने छन्।