नेपाल क्रेडिट एण्ड कमर्स बैंकले आफ्नो हकप्रद सेयर निश्कासन तथा बिक्री प्रवन्धकको रुपमा सनराइज क्यापिटललाई नियुक्त गरेको छ।
कम्पनीको उन्नाईसौं वार्षिक साधारणसभाबाट पारित भए बमोजिम कायम सेयरधनीहरुकोे लागि २ बराबर १ कित्ता सेयर अर्थात चुक्ता पुँजीको ५० प्रतिशतले हुने २,३३,९५,२९१ कित्ता हकप्रद शेयर निष्काशन गर्नको लागि सन्राइज क्यापिटललाई नियुक्त गरेको हो।
सम्झौतामा एनसीसीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरे।
हकप्रद शेयर निष्काशन पश्चात बैंकको चुक्ता पुँजी ७ अर्ब १ करोड कायम हुने छ। हकप्रद शेयर जारी पश्चात कायम हुने चुक्ता पुँजीमा बैंकसँग गाभिएका चारवटा विकास बैंकहरुको शेयर आदान प्रदान अनुपातका आधारमा फरक भए बमोजिमको पूँजी कोषमा लेखाङ्कन गरिएको रकम ९८ करोड ६० लाखलाई पूँजीकृत गरेपछि बैंकको चुक्ता पूँजी ८ अर्व पुग्ने बैंकले जनाएको छ ।