सेयर बजारको परिसूचक सोमबार २५ अंकले घटेको छ। सबै समूहहरु ओर्लिएपछि यस दिन नेप्सेमा ठूलो अंकको गिरावट देखिएको हो। सो अंक घटेसँगै नेप्से १५५४ अंकमा अडेको छ।
१५२ कम्पनीको ८४ करोड २९ लाखको सेयर किनबेच भएको छ। यस दिन बिमा सबैभन्दा धेरै १३६ अंकले घटेको छ। बैंकिङ २५, होटल १३, विकास बैंक ३६, जलविद्युत १९, फाइनान्स ४, उत्पादन १८ र अन्य समूह ४ अंकले घटेका छन्।
फस्र्ट माइक्रोफाइनान्सको सबैभन्दा धेरै ३ करोड २७ लाखको कारोबार भएको छ। कम्पनीले शत प्रतिशत हकप्रद जारी गर्दैछ। जसले गर्दा कम्पनीको कारोबार उच्च देखिएको हो।
त्यस्तै नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य घटेको मौकामा किन्नेहरु बढ्दा २ करोड ९५ लाखको कारोबार भएको छ। कम्पनीको मूल्य प्रतिकित्ता २०४० मा कायम भएको छ।
आरएसडिसी लघुवित्तको मूल्य भने १० प्रतिशतले बढेको छ। ङादी ग्रुप पावरको मूल्य ६ प्रतिशतले बढेको छ। हाम्रो विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै ६.९ प्रतिशत मूल्य गुमाए।