सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो ६० औं शाखा पाल्पाको छहरामा संचालनमा ल्याएको छ।
नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालले सो शाखा कार्यालयको उद्घाटन गरे। यो सँगै बैंकका ६० शाखा, ५९ एटिएम, ९७ वटा शाखारहित बैकिङ्ग सेवा पुगेको छ।
सो अवसरमा बैंकले सामाजिक उत्तरदायीत्व कार्यक्रमअन्तर्गत भैरव नवदिप माध्यामिक विद्यालयलाई १ थान कम्प्यूटर र महाकाली माध्यामिक विद्यालयलाई १ थान कम्प्यूटर प्रदान गरेको छ।