नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले चुक्ता पुँजी पुर्याउन हकप्रदको प्रक्रिया अघि बढाउने भएको छ। तोकिएको चुक्ता पुँजी पुर्याउने समयसीमा घर्किनै लाग्दा बैंकले ५० प्रतिशत हकप्रद दिनेगरी प्रक्रिया अघि बढाउने प्रस्ताव पारित गरेको छ।
रुपन्देहीको बोधी रेडसन होटलमा सम्पन्न १९ औं वार्षिक साधारणसभाले सो प्रस्ताव पारित गरेको हो। बैंकले गत आर्थिक वर्षमा १ अर्ब ४८ करोड खुद नाफा कमाएको छ। बैंकको चौथो त्रैमासको वित्तीय विवरणअनुसार चुक्ता पुँजी ४ अर्ब ६७ करोड छ।
बैंकले चार वटा विकास बैंक मर्ज गरे पनि चुक्ता पुँजी पुर्याउन नसक्ने भएपछि बल्ल हकप्रदको बाटो समाउने तयारी गरेको हो।