सूचीकृत सम्पूर्ण कम्पनीहरुलाई नवीकरण शुल्क बुझाउन नेप्सेले निर्देशन दिएको छ। नियमावली २०५० को अनुसूची ९ बमोजिम असोज मसान्तसम्म यस्तो शुल्क बुझाउन उसले सबै कम्पनीहरुलाई भनेको छ।
नियमावलीअनुसार चुक्ता पुँजी १ करोडसम्मका कम्पनीहरुले १५ हजार, १ देखि ५ करोडसम्मकाले २५ हजार, ५ देखि १० करोडसम्मकाले ३५ हजार र १० करोडभन्दा माथि हुनेले ५० हजार रुपैयाँ वार्षिक नवीकरण शुल्क बुझाउनु पर्दछ।
कम्पनीहरुलाई ग्लोबल आइएमई बैंक कमलादी शाखामा रहेको खाता नं. ७५०१०१००००७७५ रकम जम्मा गरी भौचर इमेलमार्फत पठाउन नेप्सेले आग्रह गरेको छ।