मञ्जुश्री फाईनान्सले आफ्नो एघारौ शाखा कार्यालय पर्सा जिल्लाको वीरगञ्जस्थित आदर्शनगरमा संचालनमा ल्याएको छ।
फाईनान्सकासञ्चालक समितिका सदस्यहरु कमलकुमार वेगानी तथा चिन्तामणि गौतमले संंयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरे।
काठमाडौंको नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको यस फाईनान्सको यसअघि नारायणगढ, न्युरोड–काठमाडौं, बुटवल, धनगढी, इटहरीे, बिराटनगर, नेपालगञ्ज, धरान तथा पोखरामा शाखाहरु रहेका छन्।
चुक्ता पुँजी बहत्तर करोड त्रीचालीस लाख रहेको छ। राष्ट्रिय स्तरको यस फाईनान्सले हालसम्म निक्षेप ४ अर्ब ४६ करोड तथा कर्जा ३ अर्ब ८९ करोड परिचालन गरेको छ।