नविल बैंकले आफ्ना सेयर लगानीकर्तालाई ४८ प्रतिशत लाभांश दिने भएको छ। बैंकले ३० प्रतिशत सेयर बोनस र १८ प्रतिशत नगद लाभांश दिन लागेको हो।
आइतबार बसेको संचालक समितिको बैठकले सो लाभांशको घोषणा गरेको हो। बैंकले ३० प्रतिशत सेयर बोनस दिइसकेपछि चुक्ता पुँजी ८ अर्ब नाघ्नेछ।
हाल बैंकको चुक्ता पुँजी ६ अर्ब १८ करोड छ। बैंकले गत आवमा सबैभन्दा धेरै तीन अर्ब ६२ करोड खुद नाफा कमाएको छ।