वाणिज्य बैंकहरुमा एनआइसी एसियाले पहिलो साधारणसभा बोलाएको छ। कम्पनीको आगामी भदौ ३० गते साधारणसभा बस्ने भएको छ।
सभाले २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गर्ने छ। साथै कर प्रयोजनका लागि १. ०५ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित हुने छ।
यो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइसकेको कम्पनीले जनाएको छ। साधारणसभाका लागि भदौ १६ देखि ३० गतेसम्म सेयरधनी किताब बन्द हुने भएको छ। गत आर्थिक वर्ष बैंकले १ अर्ब ४६ करोड खुद नाफा कमाएको छ। प्रतिसेयर आम्दानी २२ रुपैयाँ रहेको छ।