२९ लाख १४ हजार रुपैयाँ पुँजी संकलन गरी आफ्नो व्यवसायिक कारोबार थालेको विश्वास बहुउदेश्यीय सहकारीले १९ औं वर्ष मनाउँदासम्म १९ करोड ३४ लाख पुर्याएको छ।
राजधानीमा बुधबार वार्षिक साधारण सभा सम्पन्न गर्दै कम्पनीले सो कुराको जानकारी दिएको हो। कार्यक्रमका प्रमुख अतिथि पूर्व अर्थमन्त्री एवं एमाले नेता सुरेन्द्र पाण्डेले सरकारले सहकारी संस्थाहरुलाई व्यवस्थित गर्नको लागि सहकारी नीति बनाउँदा विज्ञहरुलाई समेट्नु पर्ने बताए।
पाण्डेले नीति नियम बनाउँदा विज्ञलाई नसमेटिएकाले हरेक निकायको नीति फितलो भएको कुरा औँल्याए । कार्यक्रममा संस्थाका सल्लाहकार नारायण घोरासैनीले राज्यको तर्फबाट सहकारीलाई अन्यायमा पारेको आरोप लगाए।
कार्यक्रममा विभिन्न संस्थाका क्रियाशिल कर्मचारी तथा प्रतिनिधिहरुलाई नगद सहित सम्मान समेत गरिएको थियो।