सेञ्चुरी कमर्सियल बैंकले देशको सुदुरपश्चिम क्षेत्रमा आफ्नो सेवा विस्तार गर्ने लक्ष्यका साथ बाजुराको मार्तडीमा एटिएमसहितको शाखा कार्यालय सञ्चालनमा ल्याएको छ।
बैंकले ४० प्रतिशत हकप्रद शेयरको बिक्री गर्दैछ। निकट भविष्यमा नै अल्पाईन डेभलपमेन्ट बैंक तथा सेती फाईनान्ससंग एकीकृत कारोबार हुने बैंकले जनाएको छ।
सम्पूर्ण प्राप्तीहरु, हकप्रद तथा चालु आवको मुनाफाबाट सेञ्चुरी बैंकले तोकिएको ८ अर्ब पुँजी पुर्याउँदैछ। एकीकृत कारोबार पश्चात् देशभर सेञ्चुरी बैंकको शाखाहरु ९० वटा हुनेछन।