नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायीहरु ब्रोकर कम्पनी तथा मर्चेन्ट बैंकरको स्थलगत तथा गैरस्थलगत रुपमा अनुगमन गर्नेगरी सुपरीवेक्षण दिग्दर्शन २०७४ लागू गरेको छ। लो लागू भएसँगै धितोपत्र व्यवसायीको नियमितरुपमा सुपरिवेक्षण हुने बोर्डले जनाएको छ।
यसबाट धितोपत्र व्यवसायीको हिसाव किताव तथा लेखा, नियमनकारी निकायले तोकेका वित्तीय विवरणहरु तथा प्रतिवेदनको अवस्था, धितोपत्र सम्बन्धी प्रचलित कानूनको पालनको अवस्था, व्यवसायीको काम कारवाहीको अवस्था, ग्राहक पहिचान विवरण, जोखिम व्यवस्थापन, सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी विवरणबारे थाहा हुने र सोहीअनुरुप बजारलाई पारदर्शी बनाउन जोड दिइनेछ।
धितोपत्र दलाल व्यवसायीहरुको संस्थागत क्षमता विस्तार सम्बन्धमा विभिन्न कार्यहरु भएको र मर्चेन्ट बैंकरको पनि दायरा बढाइएकाले सुपरीवेक्षण दिग्दर्शन महत्वपूर्ण भएको बोर्डले जनाएको छ।
बोर्डले नियमनकारी निकायहरुको अन्र्तराष्ट्रिय संस्था आइओएससिओको सदस्यता पाइसकेको छ। जसले गर्दा अन्तर्राष्ट्रियस्तरको मान्यतालाई कायम गर्न पनि दिग्दर्शन महत्वपूर्ण रहेको छ।
उक्त दिग्दर्शनको कार्यान्वयनबाट धितोपत्र व्यवसायीकोहरुको ऐन, नियम पालनाको अवस्थामा सुधार आई संस्थागत सुशासन सुदृढ हुने र समष्टिगतमा धितोपत्र व्यवसायीहरुको सेवाप्रवाहमा प्रभावकारिता आई बजारको थप विकास र विस्तार हुने बोर्डको विश्वास छ।