आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको आइपिओ निश्कासन तथा बिक्री प्रवन्धकका रुपमा एनआइसी एसिया क्यापिटल नियुक्त भएको छ ।
प्रतिसेयर १ सय अंकित दरको २ लाख ९४ हजार कित्ता साधारण सेयर सर्वसाधारणहरुमा (कर्मचारी समेत) निष्काशन गर्नको लागि एनआईसी एसिया क्यापिटल नियुक्त भएको हो।
आरम्भ माइक्रोफाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनोद आचार्य र एनआइसी एसिया क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले सम्झौतामा हस्ताक्षर गरे।
नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत प्राप्त आरम्भ माइक्रोफाइनान्सको मुख्यालय बनेपमा रहेको छ। सो संस्था नेपालका १५ पहाडी जिल्लामा कार्र्यक्षेत्र तय गरि विपन्न वर्गको आर्थिक उत्थान गर्ने कार्यमा विगत २ वर्ष देखि सक्रिय रहँदै आएको छ।