कृषि विकास बैंकले गत आर्थिक वर्षमा २ अर्ब ७७ करोड खुद नाफा कमाएको छ। वित्तीय विवरण सार्वजनिक गर्नेमा यो बैंकको नाफा नविलपछिको सबैभन्दा धेरै हो। अघिल्लो आवमा बैंकको खुद नाफा २ अर्ब ४६ करोड थियो।
बैंकको चुक्ता पुँजी १२ अर्ब ५२ करोड छ, जसमा सर्वसाधारणतर्फको सेयर ७ अर्ब ८ करोड छ। बैंकले सर्वसाधारणतर्फकै सेयरमा ८ अर्ब रुपैयाँ पुर्याउने भएको छ।
जगेडा कोषको आकार ९ अर्ब ८८ करोड छ। बैंकले एक वर्षमा व्याजवापतको खुद आम्दानी ७ अर्ब १० करोड कायम गरेको छ।
बैंकले निश्क्रिय कर्जामा निकै सुधार गरेको छ। अघिल्लो आवमा निश्क्रिय कर्जा ४. ३६ प्रतिशत रहेकोमा अहिले २.९७ कायम भएको छ।
बैंकमा लगानीयोग्य रकम पनि पर्याप्त रहेको देखिन्छ। कर्जा निक्षेप अनुपात (सिसिडी रेसियो) ६२. ३९ प्रतिशत रहेको छ।
प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ५८ पैसा रहेको छ। मूल्य आम्दानी अनुपातका आधारमा बैंकको सेयर लगानीयोग्य देखिन्छ। उसको बजारमा प्रतिकित्ता मूल्य साढे ४ सयको हाराहारीमा छ।