सपोर्ट माइक्रोफाइनान्सलाई आइपिओ (प्राथमिक सेयर) निश्कासनका लागि नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ।
कम्पनीले ६ लाख कित्ता आइपिओ निश्कासन गर्न लागेको हो। कम्पनीको आइपिओ निश्कासनको बिक्री प्रवन्धकमा एनएमबि क्यापिटल रहेको छ।
कम्पनीमा कुल ३० प्रतिशत सेयर सर्वसाधारणलाई दिने उद्देश्यले आइपिओ जारी हुन लागेको हो।