एनआइसी एसिया क्यापिटल लिमिटेडले आज (बिहीबार )देखि खुलामुखी योजना 'एनआइसी एसिया इक्विटी लिंक्ड इन्भेष्टमेण्ट स्किम' निष्कासन गरेको छ।
प्रतिइकाई १० रूपैयाँ अंकित दरमा ५० करोड रूपैयाँ बराबरको ५ करोड इकाई बिक्रीमा ल्याएको हो। योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल लिमिटेड रहेको छ।
क्यापिटलले १० करोड इकाईमध्ये बीज पुँजीबापट कुल निष्काशन गरिने इकाईको १५ प्रतिशत अर्थात् १५ करोड रूपैयाँ बराबरको १ करोड ५० लाख इकाई योजना व्यवस्थापक एनआइसी एसिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाईमध्ये ५ करोड इकाई सर्वसाधरणलाई बिक्री गरेको हो।
उक्त फण्डमा न्यूनतम १०० इकाई र अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन सकिनेछ।
एनआइसी एसिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो योजनाको इकाईमा भदौ २ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ।
उक्त समयमा सम्पूर्ण आवेदन नपरेको खण्डमा भदौ १२ गतेसम्म आवेदन दिने समय थप गरिनेछ।