कनेक्ट आइपिएसले लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्दा आकर्षक रकम फिर्ता हुने गरी 'सुरक्षासँगै क्यासब्याक, कनेक्ट आइपिएसको साथ' अफर सार्वजनिक गरेको छ।
उक्त अफर जेठ ४ गतेदेखि साउन ३१ गतेसम्म लागु हुने बताइएको छ।
यस अफर अन्तर्गत कनेक्ट आइपिएसबाट लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम भुक्तानी गर्दा हरेक हप्ता १० जना भाग्यशाली प्रयोगकर्ताले एक हजार क्यासब्याक प्राप्त गर्न सक्नेछन् भने हरेक महिना एक जना भाग्यशाली विजेताले प्रिमियम भुक्तानीको रकम बराबर वा अधिकतम २० हजार रूपैयाँसम्म रकम फिर्ता पाउन सक्नेछन्।
लक्की ड्र मार्फत छानिएका १० साप्ताहिक विजेताहरूको जानकारी हप्ता सकिएपछि तथा मासिक १ जना भाग्यशाली बिजेताको जानकारी महिना सकिएपछि कनेक्ट आइपिएसको वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जालहरू मार्फत सार्वजनिक गरिने छ।
कनेक्ट आइपिएसको वेब, मोबाइल एप तथा इन्स्योरेन्स कम्पनीको वेबसाइटमा जोडिएको कनेक्ट आइपिएस गेटवे मार्फत गरिएको लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानीमा उक्त अफर लागु हुनेछ।
उक्त प्रणाली मार्फत सबै लाइफ र केही माइक्रो लाइफ गरी १७ वटा कम्पनीको प्रिमियम भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ।