नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकले बुढानिलकण्ठस्थित होलिडे इन रिसोर्टमा आकर्षक छुट पाउने भएका छन्।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआइएमबी) र होलिडे इन रिसोर्टबीच भएको सम्झौतामा एनआइएमबीका ग्राहकलाई खाना र सफ्ट ड्रिङक्समा १५ प्रतिशत छुट दिने भएको छ।
छुट सुविधा पाउन ग्राहकले एनआइएमबी डेबिट/क्रेडिट कार्ड वा एनआइएमबी स्मार्ट (मोबाइल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ।
ग्राहकहरूलाई डिजिटल माध्यम प्रयोग गरी भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधाहरू बैंकले दिँदै आएको छ।