नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) र सालपा विकास बैंकबीच एससिटी–युपिआई कार्ड जारी गर्नका लागि सम्झौता सम्पन्न भएको छ।
वैशाख २३ गते स्मार्ट च्वाइस टेक्नोलोजिजको कार्यालयमा आयोजित कार्यक्रममा स्मार्ट च्वाइस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र सालपा विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत योगेन्द्र पुनले हस्ताक्षर गरे।
यस सम्झौता पश्चात सालपा विकास बैंकका ग्राहकहरूका लागि कार्ड जारी गर्ने प्रक्रिया सुरू गरिएको छ र ग्राहकहरूले आउने दिनहरूमा सजिलै बैंकबाट आफ्नो लागि एससिटी–युपिआई कार्ड लिन सक्ने प्रयत्न गरिएको बताइएको छ।