नेपालमा पहिलो पटक ग्रिन (हरित) बण्ड जारी हुने भएको छ।
नेपाल धितोपत्र बोर्डले नेपाल इन्फ्रास्टक्चर बैंकले जारी गर्न लागेको हरित बण्डलाई स्वीकृति दिएको हो।
सात वर्षमा सावाँ फिर्ता हुने गरी परिपक्व अवधि रहेको यो ग्रिन वण्ड मार्फत् पाँच अर्ब रूपैयाँ संकलन गरिने भएको छ।
यस ऋणपत्रमा लगानी गर्नेले वार्षिक ६ प्रतिशत ब्याजदर प्राप्त गर्नेछन्।
यसबाट उठेको रकम पर्यावरण मैत्री दिगो परियोजनाहरूमा लगानी हुनेछ।
ऋणपत्रको बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल छ।