चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा सिन्धु विकास बैंक आठ करोड रूपैयाँ नाफामा देखिएको छ।
गत आर्थिक वर्षको यही अवधिमा बैंक पाँच करोड रूपैयाँ नोक्सानमा थियो।
बैंकको खुद ब्याज आम्दानी भने ३४ प्रतिशतले घटेर १० करोड रूपैयाँमा सीमित भएको छ। गत वर्षको यो अवधिमा बैंकको यस्तो आम्दानी १५ करोड रूपैयाँ थियो।
बैंकले यसअघि राखेको १२ करोड रूपैयाँ प्रावधान फिर्ता (राइट ब्याक) ल्याएपछि नाफा बढ्न सहयोग पुगेको हो। वितरण योग्य नाफा भने २४ करोडले ऋणात्मक छ।
बैंकको खराब कर्जा बढेर ८.६४ प्रतिशत पुगेको छ।
त्यस्तै, प्रति सेयर आम्दानी १८ रूपैयाँ ७६ पैसा, प्रति सेयर नेटवर्थ ७९ रूपैयाँ ८९ पैसा र मूल्य आम्दानी अनुपात ५८ गुणा छ। बजारमा बैंकको प्रतिकित्ता सेयर कारोबार एक हजार रूपैयाँ माथि भइरहेको छ।
चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा सप्तकोशी डेभलपमेन्ट बैंक करिब तीन करोड रूपैयाँ नोक्सानमा छ।
बैंकको नोक्सान घट्दै गएको छ। गत आर्थिक वर्षको यही अवधिमा बैंक करिब १२ करोड रूपैयाँ नोक्सानमा थियो।
बैंकको खुद ब्याज आम्दानी ८२ प्रतिशतले बढेर ११ करोड रूपैयाँ पुगेको छ।
गत वर्षको यो अवधिमा बैंकको यस्तो आम्दानी ६ करोड रूपैयाँ थियो।
बैंकको वितरणयोग्य नाफा भने ४७ करोडले ऋणात्मक छ।
१४.१६ प्रतिशतसम्म पुगेको बैंकको खराब कर्जा केही घटेर ११.४२ प्रतिशतमा आएको छ।
त्यस्तै, बैंकको प्रतिकित्ता सेयर कारोबार एक हजार एक सय २० रूपैयाँ माथि भइरहेको छ।
चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा नारायणी डेभलपमेन्ट बैंक एक करोड २६ लाख रूपैयाँ नोक्सानमा छ।
बैंकको नोक्सान बढ्दै गएको छ। गत आर्थिक वर्षको यही अवधिमा बैंक ४२ रूपैयाँ नोक्सानमा थियो।
बैंकको खुद ब्याज आम्दानी ८१ प्रतिशतले घटेर १२ करोड रूपैयाँ पुगेको छ।
गत वर्षको यो अवधिमा बैंकको यस्तो आम्दानी ६४ करोड रूपैयाँ थियो।
बैंकको वितरण योग्य नाफा भने एक करोडले ऋणात्मक छ।
बैंकको खराब कर्जा ४४.९६ प्रतिशतसम्म छ। बैंकको प्रतिकित्ता सेयर कारोबार एक हजार सात सय ९० रूपैयाँ माथि भइरहेको छ।
चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा ग्रिन डेभलपमेन्ट बैंक दुई करोड १२ लाख रूपैयाँ नाफामा छ।
बैंकको नाफा १७ प्रतिशतले बढेको हो। गत आर्थिक वर्षको यही अवधिमा बैंक एक करोड ८१ लाख रूपैयाँ नाफामा थियो।
बैंकको खुद ब्याज आम्दानी दुई प्रतिशतले बढेर करिब १४ करोड रूपैयाँ पुगेको छ। गत वर्षको यो अवधिमा बैंकको यस्तो आम्दानी १३ करोड रूपैयाँ थियो।
अन्य आम्दानी र फि, कमिसन लगायतबाट भएको आम्दानी बढेपछि बैंकको नाफा बढेको हो।
बैंकको वितरण योग्य नाफा भने ७४ लाख रूपैयाँ छ।
५.८६ प्रतिशत रहेको बैंकको खराब कर्जा ४.८७ प्रतिशतसम्म छ।
बैंकको प्रतिसेयर आम्दानी पाँच रूपैयाँ २७ पैसा, प्रतिसेयर नेटवर्थ एक सय १३ रूपैयाँ र मूल्य आम्दानी अनुपात दुई सय ३० गुणा छ।
प्रतिकित्ता सेयर कारोबार एक हजार चार सय रूपैयाँ माथि भइरहेको छ।
चालु आर्थिक वर्ष २०८१÷८२ को तेस्रो त्रैमासमा कर्पोरेट डेभलपमेन्ट बैंकको नाफा शत प्रतिशतले बढेर एक करोड ७७ लाख रूपैयाँ पुगेको छ। गत आर्थिक वर्षको यही अवधिमा बैंक ८७ लाख रूपैयाँ नाफामा थियो।
बैंकको खुद ब्याज आम्दानी १६ प्रतिशतले घटेर करिब पाँच करोड रूपैयाँमा सीमित भएको छ।
गत वर्षको यो अवधिमा बैंकको यस्तो आम्दानी ६ करोड ५८ रूपैयाँ थियो।
गत वर्ष तीन करोड ६१ लाख प्रावधान राखेको बैंकले यसपटक मात्रै ६६ लाख रूपैयाँ प्रावधानमा राखे पनि नाफामा सुधार भएको हो।
बैंकको वितरण योग्य नाफा भने दुई करोड ५६ लाख रूपैयाँ ऋणात्मक छ।
४.९५ प्रतिशत रहेको बैंकको खराब कर्जा १३.०९ प्रतिशतसम्म छ।
बैंकको प्रतिसेयर आम्दानी चार रूपैयाँ ५२ पैसा, प्रतिसेयर नेटवर्थ एक सय ४४ रूपैयाँ र मूल्य आम्दानी अनुपात चार सय ९७ गुणा छ।
प्रतिकित्ता सेयर कारोबार दुई हजार चार सय रूपैयाँ माथि भइरहेको छ।