कुमारी बैंकले नयाँ योजना 'टपअप र फोन पे डाइरेक्ट गरौँ, बम्पर उपहार जितौँ!' सार्वजनिक गरेको छ।
यस योजना अन्तर्गत ग्राहकहरूले आकर्षक उपहारहरू जित्ने अवसर पाउनेछन्।
जसमा बम्पर उपहार आइफोन १६ रहेको छ भने हरेक हप्ता १०० जनालाई एक सय रूपैयाँको मोबाइल रिचार्ज उपहार समेत रहेको छ।
यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले कम्तीमा १०० को मोबाइल टपअप र कम्तीमा ५०० रूपैयाँको फोन पे डाइरेक्ट कारोबार अफर अवधिभित्र पूरा गर्नुपर्नेछ।
यस प्रक्रियालाई पूरा गरेपछि, ग्राहकहरू साप्ताहिक तथा बम्पर उपहार आइफोन १६ को लागि स्वतः योग्य हुने बैंकको भनाइ छ।
यस अन्तर्गत प्रत्येक हप्ता १०० जना भाग्यशाली विजेताहरूले १०० रूपैयाँको मोबाइल टपअप जित्न सक्नेछन्।
साथै, योजना समाप्त भएपछि सहभागी मध्येका एक जना भाग्यशाली विजेताले बम्पर उपहार स्वरुप नयाँ आइफोन १६ जित्ने अवसर प्राप्त गर्नेछन्।
यो योजना वैशाख १ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुनेछ।
यस योजनाले ग्राहकहरूलाई कुमारी स्मार्ट मोबाइल बैंकिङ एप मार्फत डिजिटल कारोबार गर्न अझ प्रोत्साहित गर्ने विश्वसका साथ मोबाइल टपअप र फोन पे डाइरेक्ट कारोबारलाई प्रवर्द्धन गर्दै डिजिटल बैंकिङ सेवालाई अझ सहज, सरल, सुरक्षित र भरपर्दो बनाउने लक्ष्य बैंकले राखेको छ।
बैंकले ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ इकाइहरू मार्फत ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।