नेपाल राष्ट्र बैंकले आजदेखि पाँच रूपैयाँका नयाँ नोट चलनचल्तीमा ल्याएको छ।
१० लाख थान नयाँ नोट चलनचल्तीमा ल्याएको हो।
साबिककै आकार र रंगमा न ४५ ०००००१ देखि भ १८ ९९९९९९का नोट चलनचल्तीमा ल्याएको हो।
नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालिगुराँसको पानी छाप रहेको छ।
निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको सो नोटको तल्लो भागको किनारामा विसं २०८१ लेखिएको छ।
यस्तै, नोटको पछिल्लो भागको माथिल्लो खण्डमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक, मध्यभागमा जंगली याक र हुम्लाको लिमी क्षेत्रको हिमालको चित्र छ।
तल्लो भागको किनारामा अंग्रेजीमा रूपिज फाइभ लेखिएको छ।