इन्फिनिटी लघुवित्तले आफ्नो आन्तरिक प्रणालीमा एनसिएचएलको नेपाल पेमेन्ट इन्टरफेस (एनपिआई) जोडी डिजिटल कारोबार सुरू गरेको छ।
यसैसँग इन्फिनिटी लघुवित्त एनपिआइमार्फत आफ्नो प्रणालीबाट कर्जाको भुक्तानी गर्ने पहिलो लघुवित्त बनेको छ।
इन्फिनिटी लघुवित्तले अब एनसिएचएल–आइपिएस र आरपिएस प्रणालीहरू मार्फत आफ्ना बचत निक्षेप, कर्जाको किस्ता भुक्तानी लगायतका विभिन्न संकलनका करोबारहरू गर्न सक्नेछन्।
साथै तलब, भेण्डर भुक्तानी, कर्जा निकासा, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषका भुक्तानी लगायतका विभिन्न प्रकारका भुक्तानी सम्बन्धी कारोबारहरू आफ्ना तथा लाभग्राहीहरूका बैंक खातामा सोझै गर्न सक्नेछन्।
इन्फिनिटी लघुवित्तले एनपिआई मार्फत आफ्नो शाखाहरूको बैंक खातामा भएको रकम सहजै सेन्ट्रलाइज गर्न समेत सक्नेछन्।
एनसिएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा ओपन एपिआईको अवधारणामा विकास गरिएको एनपिआईमा हाल ५३ सदस्य बैंक वित्तीय संस्थाहरू आबद्ध छन् भने अन्य पिएसपी/पिएसओ, रेमिटेन्स कम्पनीहरू, ११ वटा लघुवित्त, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरू लगायतका १०० भन्दा बढी गैर-बैंकिङ संस्थाहरू इन्डाइरेक्ट/प्राविधिक सदस्यका रूपमा आबद्ध छन्।
यस मार्फत सदस्यहरूले संस्थाहरूले एनसिएचएल र आइपिएस प्रणालीहरूको प्रयोग गर्न सक्नेछन्।
२०७३ मा स्थापित इन्फिनिटी लघुवित्तले नेपालका निम्न आय वर्गका परिवारहरुलाई बचत निक्षेप संकलन तथा ऋण भुक्तानी, रेमिटेन्स तथा माइक्रो बिमाका सेवाहरू प्रदान गर्दै आइरहेको छ।
इन्फिनिटीले विभिन्न सरोकारवालाहरूलाई प्राविधिक सहयोग सहित गुणस्तरीय वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ।