बिहीबार अमेरिकी डलरको भाउ घटेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३३ रूपैयाँ ६६ पैसा र बिक्रीदर १३४ रूपैयाँ २६ पैसा कायम गरिएको छ।
बुधबार अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ६७ पैसा र बिक्रीदर १३४ रूपैयाँ २७ पैसा तोकिएको थियो। यो मूल्य अघिल्लो दिनको १ पैसा घटेको हो।
आज युरोपियन युरो एकको खरिदमा भने १४४ रूपैयाँ ८३ पैसा र बिक्रीमा १४५ रूपैयाँ ४८ पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६ रूपैयाँ ९५ पैसा र बिक्रीमा ८७ रूपैयाँ ३४ पैसा तोकिएको छ।
क्यानेडियन डलर एकको खरिदमा भने ९६ रूपैयाँ ६५ पैसा र बिक्रीमा ९७ रूपैयाँ ०८ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७१ रूपैयाँ ७० पैसा र बिक्रीदर १७२ रूपैयाँ ४७ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ६४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ८१ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ६२ पैसा र बिक्रीदर ३५ रूपैयाँ ७८ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ३९ र बिक्रीमा ३६ रूपैयाँ ५५ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २९ रूपैयाँ ०९ पैसा र बिक्रीमा २९ रूपैयाँ २२ पैसा पाइन्छ।
बिहीबार कुवेती दिनार एकको खरिदमा ४३७ रूपैयाँ ४३ पैसा र बिक्रीमा ४३९ रूपैयाँ ३९ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५४ रूपैयाँ ५६ पैसा र बिक्रीदर ३५६ रूपैयाँ १५ पैसा तोकिएको छ।