सूर्योदय वोमी लघुवित्तको एफपिओ आज (बुधबार) बाँडफाँट भएको छ।
बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा बिहान एफपीओ बाँडफाँट भएको हो।
जसमा ४ हजार ६७२ जनाले १० कित्ताका दरले ४६ हजार ७२९ कित्ता सेयर पाएका छन्।
बाँकी रहेको ९.५४ कित्ता ९ जनालाई १/१ कित्ताला दरले बाँडफाँट गरिएको बिक्री प्रबन्धकको भनाइ छ।
कम्पनीले साउन ४ गतेदेखि ८ गतेसम्म उक्त एफपिओ निष्कासन गरेको थियो।
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ र नेपाल राष्ट्र बैंकले एक आपसमा गाभ्ने/गाभिनका लागि अन्तिम स्वीकृति पत्र प्रदान गर्दा दिएको निर्देशन बमोजिम कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने हुँदा लघुवित्तले एफपिओ जारी गरेको हो।
साविकको सूर्योदय लघुवित्त र वामी लघुवित्त गाभिएपछि बनेको सूर्योदय वोमी लघुवित्तको पुँजी संरचना संस्थापक समूहको ७०.३६ प्रतिशत र सर्वसाधारणको २९.६४ प्रतिशत रहेको थियो। सोही पूँजी संरचना ऐन अनुसार कायम गर्न कम्पनीले एफपिओ जारी गरेको हो।
कम्पनीले ४६ लाख ७२ हजार ९५४ रूपैयाँ ५० पैसा बराबरको प्रतिकित्ता १०० रूपैयाँ अंकित दरका ४६ हजार ७२९.५४५० कित्ता सेयर निष्कासन गरेको थियो।
लगानीकर्ताले बिक्री प्रबन्धक कुमारी क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट एफपिओको नतिजा हेर्न सक्नेछन्।
साथै, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।