नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३३ रूपैयाँ ६७ पैसा र बिक्रीदर १३४ रूपैयाँ २७ पैसा कायम गरिएको छ।
त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४४ रूपैयाँ ७५ पैसा र बिक्रीमा १४५ रूपैयाँ ४० पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७१ रूपैयाँ ७९ पैसा र बिक्रीदर १७२ रूपैयाँ ५६ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रूपैयाँ ४१ पैसा र बिक्रीमा ८७ रूपैयाँ ८० पैसा तोकिएको छ।
क्यानेडियन डलर एकको खरिदमा भने ९६ रूपैयाँ ५२ पैसा र बिक्रीमा ९६ रूपैयाँ ९६ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ६६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ८२ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ६३ पैसा र बिक्रीदर ३५ रूपैयाँ ७९ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ३९ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २८ रूपैयाँ ९२ पैसा र बिक्रीमा २९ रूपैयाँ ०५ पैसा पाइन्छ।
बुधबार कुवेती दिनार एकको खरिदमा ४३७ रूपैयाँ १४ पैसा र बिक्रीमा ४३९ रूपैयाँ ११ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५४ रूपैयाँ ६० पैसा र बिक्रीदर ३५६ रूपैयाँ २० पैसा तोकिएको छ।