प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरूलाई र्याडिसन होटलसँग होटलका विभिन्न सेवाहरूमा विशेष छुट दिने सम्झौता भएको छ।
एक समारोहकाबीच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर रबिन्द्र ढकाल र मार्केटिङ म्यानेजर सबिन राणा तथा र्याडिसन होटलका तर्फबाट निर्देशक केदार पाण्डे र लेखा नियन्त्रक लोकराज ढुङ्गानाले हस्ताक्षर गरेका हुन्।
सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरूले बैंकसँगको आबद्धता प्रमाणका आधारमा होटलमा उपलब्ध विभिन्न सेवा तथा सुविधाहरूमध्ये खाना, पेस्ट्री सप, ट्रानक्युलिटी स्पाका साथै होटलले सञ्चालन गरेको विभिन्न रेस्टुरेन्टहरूबाट १० प्रतिशतदेखि २० प्रतिशतसम्म भुक्तानी छुट पाउनेछन्।
बैंकले नेपालभर ३१३ शाखा कार्यालय, २८६ एटिएम साथै ६९ एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकहरूलाई बैंकिङ सेवा प्रवाह गर्दै आइरहेको छ।