नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३३ रूपैयाँ ३६ पैसा र बिक्रीदर १३३ रूपैयाँ ९६ पैसा कायम गरिएको छ।
त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४४ रूपैयाँ ९४ पैसा र बिक्रीमा १४५ रूपैयाँ ५९ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७० रूपैयाँ ११ पैसा र बिक्रीदर १७० रूपैयाँ ८८ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रूपैयाँ ५५ पैसा र बिक्रीमा ८८ रूपैयाँ ९५ पैसा तोकिएको छ।
क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ४४ पैसा र बिक्रीमा ९७ रूपैयाँ ८७ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५८ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७४ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ५६ पैसा र बिक्रीदर ३५ रूपैयाँ ७२ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ३१ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४७ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २८ रूपैयाँ ३६ पैसा र बिक्रीमा २८ रूपैयाँ ४९ पैसा पाइन्छ।
बुधबार कुवेती दिनार एकको खरिदमा ४३५ रूपैयाँ २९ पैसा र बिक्रीमा ४३७ रूपैयाँ २५ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ७६ पैसा र बिक्रीदर ३५५ रूपैयाँ ३६ पैसा तोकिएको छ।