कालीमाटी तरकारी बजारमा शुक्रबार सानो गोलभेडाको भाउ बढेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि जारी गरेको मूल्यसूचीमा सानो गोलभेडाको मूल्य प्रतिकिलो ८० देखि १०० रूपैयाँ तोकिएको छ।
यो भनेको बिहीबारको तुलनामा किलोमै २० रूपैयाँ महँगो हो। बिहीबार यसको मूल्य ६० देखि ८० रूपैयाँ थियो।
तराईको सानो गोलभेडा किलोमै ३० रूपैयाँ महँगिएको छ। बिहीबार ७० दखि १०० रूपैयाँ मूल्य रहेकामा शुक्रबार १०० देखि १२० रूपैयाँ तोकिएको छ।
भारतीय सानो गोलभेडाको भाउ पनि बढेर शुक्रबार ८० देखि ९० रूपैयाँ तोकिएको छ।
ठूलो गोलभेडाको भाउ भने स्थिर रही आज ९० देखि १०० रूपैयाँ प्रतिकिलो तोकिएको छ।
टनेलको गोलभेडा १० रूपैयाँ महँगिएर प्रतिकिलो ८० देखि १०० रूपैयाँ तोकिएको छ।
भारतीय रातो आलुको तुलनामा नेपाली रातो आलु ५ रूपैयाँ महँगो छ। नेपाली आलु प्रतिकिलो ६५ र भारतीय आलु प्रतिकिलो ६० रूपैयाँ तोकिएको छ। बिहीबार पनि यसको भाउ उही थियो।
सुकेको प्याजको भाउ पनि स्थिर रही ९० देखि १०० रूपैयाँ प्रतिकिलो तोकिएको छ।
बन्दाको भाउ १० रूपैयाँ घटेर ७० देखि ८० रूपैयाँ कायम भएको छ।
काउलीको भाउ आज ८० देखि ९० रूपैयाँ प्रतिकिलो छ। बिहीबार ८० देखि १०० रूपैयाँ प्रतिकिलो थियो।
रातो मुलाको भाउ पनि स्थिर रही ५० देखि ६० रूपैयाँ प्रतिकिलो तोकिएको छ।
लाम्चो भन्टाको भाउ ६० देखि ७० रूपैयाँ तोकिएको छ। यसको भाउ पनि घटबढ भएको छैन।
तने बोडीको भाउ सामान्य बढेको छ। बिहीबार १४० देखि १५० रूपैयाँ प्रतिकिलोमा कारोबार भएकामा शुक्रबार अधिकतम मूल्य १६० रूपैयाँ तोकिएको छ।
मटरकोशाको भाउ १० रूपैयाँ बढेर १४० दखि १६० रूपैयाँ प्रतिकिलो तोकिएको छ।
यस्तो छ तरकारीको भाउः