मंगलबार नेप्से परिसूचक ६.२२ अंकले बढेको छ।
यसदिन नेप्से ०.२९ प्रतिशतले बढेर २०८५.३० विन्दुमा बन्द भएको छ।
यस दिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
सोमबार चार अर्ब ४० लाख ७० हजार २४३ रूपैयाँको कारोबार भएकोमा मंगलबार चार अर्ब आठ करोड ४७ लाख १५ हजार ८७७ रूपैयाँको सेयर कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा ३१ करोड रूपैयाँ वृद्धि भएको हो।
यस दिन ३१५ वटा धितोपत्रको ८३ लाख ५ हजार ७८६ कित्ता सेयर किनबेच भएको हो।
मंगलबार १२५ कम्पनीको सेयर मूल्य बढेको छ भने ११४ वटाको घटेको छ। यस्तै, ८ कम्पनीको मूल्य स्थिर रहेको छ।
यसदिन ग्लोबल आइएमई लघुवित्तको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ४४६ रूपैयाँ ५० पैसा कायम भएको छ।
नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य ८.२४ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ६१५ रूपैयाँ कायम भएको छ।
बुद्धभूमि नेपाल हाइड्रोपावरको मूल्य सर्वाधिक ५.५१ प्रतिशतले घटेको छ।
उक्त कम्पनीको प्रति कित्ता मूल्य ६३५ रूपैयाँ कायम भएको छ।
यस्तै, इस्टर्न हाइड्रोपावरको मूल्य ४.६८ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ५०९ रूपैयाँमा झरेको छ।
मंगलबार सिइडिबी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता ९१९ रूपैयाँमा २० करोड ९२ लाखको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ४.६७ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा नेपाल फाइनान्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ६०७ रूपैयाँ ७० पैसामा १२ करोड ९८ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये जलविद्युत, म्युचुअल फण्ड र अन्य समूहको परिसूचक १ प्रतिशतभन्दा कमले घटेको छ भने बाँकी १० समूहको परिसूचक बढेको छ।
यसदिन व्यापार समूहको परिसूचक सर्वाधिक २.७० प्रतिशतले बढेको छ।