मंगलबार अमेरिकी डलरसँगै अष्ट्रेलियन डलर र पाउण्ड स्टर्लिङको मूल्य घटेको छ।
राष्ट्र बैंकले मंगलबारको लागि सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ७४ पैसा र बिक्रीदर १३३ रूपैयाँ ३४ पैसा कायम गरिएको छ।
सोमबार डलर एकको खरिददर १३३ रूपैयाँ २५ पैसा र बिक्रीदर १३३ रूपैयाँ ८५ पैसा कायम थियो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ५१ पैसा घटेको हो।
पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १६८ रूपैयाँ ९९ पैसा र बिक्रीमा १६९ रूपैयाँ ७६ पैसा पाइन्छ।
सोमबार पाउण्ड एकको खरिददर १६९ रूपैयाँ ७९ पैसा र बिक्रीमा १७० रूपैयाँ ५६ पैसा तोकिएको थियो।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर आज ८८ रूपैयाँ ३३ पैसा र बिक्रीदर ८८ रूपैयाँ ७३ पैसा तोकिएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ३२ पैसा घटेको हो।
आज युरोपियन युरो एकको खरिदमा १४३ रूपैयाँ ९२ पैसा र बिक्रीमा १४४ रूपैयाँ ५७ पैसा तोकिएको छ।
त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ २६ पैसा र बिक्रीमा ९७ रूपैयाँ ७० पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४२ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५८ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ३९ पैसा र बिक्रीमा ३५ रूपैयाँ ५५ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ १४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३० पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २८ रूपैयाँ २० पैसा र बिक्रीमा २८ रूपैयाँ ३३ पैसा पाइन्छ।
कुवेती दिनार एकको खरिदमा ४३२ रूपैयाँ ८४ पैसा र बिक्रीमा ४३४ रूपैयाँ ८० पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ०८ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ६७ पैसा तोकिएको छ।