एनआइसी एशिया बैंकले मुलुकको बैंक तथा वित्तीय क्षेत्रमा उत्कृष्ट डिजिटल प्रोडक्ट ल्याएको भन्दै प्रतिष्ठित 'इन्फोसिस फिनाकल इनोभेसन अवार्डस् २०२४' प्राप्त गर्न सफल भएको छ।
अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदायक इन्फोसिस फिनाकलले हरेक वर्ष आयोजना गर्ने 'इनोभेसन अवार्ड्स' अन्तर्गत सन् २०२४ का लागि इनोभेसन अवार्डस् अन्तर्गत 'च्यानल इनोभेसन प्लाटिनम'अवार्डबाट बैंक सम्मानित भएको हो।
नेपालको डिजिटल बैंकिङ सेवामा इनोभेटिभ र उत्कृष्ट प्रोडक्ट आइसर्भ ल्याएर अन्तर्राष्ट्रिय स्तरको अनलाइन बैंकिङ सेवा प्रदान गरे वापत यस बैंकले १० विधामा २०० आवेदनहरूकाबीच प्रतिस्पर्धा गर्दै इनोभेसन विधामा उक्त अवार्ड प्राप्त गरेको हो।
आइसर्भ यस बैंकले ल्याएको नेपालको उत्कृष्ट डिजिटल प्लेटफर्म हो, जसले भौतिक रूपमा बैंकको शाखा कार्यालय नपुगी आफ्नै घर वा कार्यालयबाट डिजिटल बैंकिङ सेवा उपभोग गर्ने सुविधा उपलब्ध गराएको छ।
जहाँबाट ग्राहक सेवा, भुक्तानी, कार्ड सेवा, डकुमेन्ट भेरिफिकेसन, मोबाइल बैंकिङ सेवा, टेलर सेवा, अनलाइन सेवाहरू, मर्चेन्ट सेवाहरू तथा ट्रेड सेवाहरू जस्ता मुख्य डोमेनबाट अधिकांश डिजिटल बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ।
बैंकले प्राप्त गरेको यस सम्मानले यी सेवाहरूलाई अझ बढी परिस्कृत गर्दै बढीभन्दा बढी ग्राहकहरू माझ सेवा पुर्याउन टेवा पुग्ने बैंकले विश्वास लिएको छ।
एनआइसी एशिया बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७१ एटिएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ।