साताको पहिलो पहिलो कारोबार दिन अर्थात् आइतबार पनि नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।
यसदिन नेप्से १३.५१ अंकले बढेर २०८३.०४ विन्दुमा बन्द भएको छ।
यस दिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
बिहीबार चार अर्ब २१ करोड ७४ लाख ९४ हजार १९५ रूपैयाँको कारोबार भएकोमा आइतबार चार अर्ब ३१ करोड १० लाख १५ हजार ६२९ रूपैयाँको सेयर कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा १० करोड रूपैयाँ वृद्धि भएको हो।
यस दिन ३२५ वटा धितोपत्रको ९६ लाख ९७ हजार २०६ कित्ता सेयर किनबेच भएको हो।
आइतबार १७४ कम्पनीको सेयर मूल्य बढेको छ भने ६१ वटाको घटेको छ। यस्तै, १२ कम्पनीको मूल्य स्थिर रहेको छ।
यसदिन मल्टीपर्पस फाइनान्स र मकर जितुमाया सुरी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ।
उक्त कम्पनीहरूको सेयर मूल्य क्रमशः ४९८ रूपैयाँ ३० पैसा र ४१० रूपैयाँ ३० पैसा कायम भएको छ।
नारायणी डेभलपमेन्ट बैंकको मूल्य सर्वाधिक ९.१३ प्रतिशतले घटेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ५७७ रूपैयाँ कायम भएको छ।
यस्तै, युनिलिभर नेपालको मूल्य ७.८८ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ४३ हजार ६६३ रूपैयाँमा झरेको छ।
आइतबार नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता ६०० रूपैयाँ ६० पैसामा २२ करोड ६४ लाखको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ७.८० प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा पोखरा फाइनान्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ६५५ रूपैयाँमा १८ करोड ७० लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये तीन समूहको घटेको छ भने बाँकी १० समूहको परिसूचक बढेको छ।
यसदिन उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक २.४० प्रतिशतले घटेको छ भने वित्त समूहको परिसूचक सर्वाधिक २.१७ प्रतिशतले बढेको छ।