नेपाल लाइफ इन्स्योन्सले सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको आइतबार बिहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९–८० को सञ्चित मुनाफाबाट नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
कम्पनीले करसहित २१.०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।
गत वर्ष कम्पनीले १५.७९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।