बिहीबार नेपाली रूपैयाँमा युरोको मूल्य केही बढेको छ।
आजको लागि नेपाल राष्ट्र बैंकले युरोपियन युरो एकको खरिदमा भने १४४ रूपैयाँ ३१ पैसा र बिक्रीमा १४४ रूपैयाँ ९६ पैसा तोकेको छ। बुधबार खरिददर १४३ रूपैयाँ ९५ पैसा र बिक्रीमा १४४ रूपैयाँ ५९ पैसा तोकिएको थियो।
डलरको खरिद मूल्य १३३ रूपैयाँ ३१ पैसा र बिक्री मूल्य १३३ रूपैयाँ ९१ पैसा तोकिएको छ। बुधबार डलर एकको खरिददर १३३ रूपैयाँ ३२ पैसा र बिक्रीदर १३३ रूपैयाँ ९२ पैसा कायम गरिएको थियो।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६८ रूपैयाँ ९ पैसा र बिक्रीदर १६८ रूपैयाँ ८५ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रूपैयाँ ५२ पैसा र बिक्रीमा ८८ रूपैयाँ ९२ पैसा तोकिएको छ।
क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ७८ पैसा र बिक्रीमा ९८ रूपैयाँ २२ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५७ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७३ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ५५ पैसा र बिक्रीदर ३५ रूपैयाँ ७१ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २९ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २८ रूपैयाँ ३२ पैसा र बिक्रीमा २८ रूपैयाँ ४५ पैसा पाइन्छ।
बिहीबार कुवेती दिनार एकको खरिदमा ४३३ रूपैयाँ ८७ पैसा र बिक्रीमा ४३५ रूपैयाँ ८३ पैसा पाइन्छ।
त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ६० पैसा र बिक्रीदर ३५५ रूपैयाँ १९ पैसा तोकिएको छ।