छ महिनाअघि तीनकुनेको काठ उद्योगमा चार जनाको सामूहिक हत्या भयो। अनुसन्धान गर्न प्रहरी टोलीसहित 'रोज' पनि घटनास्थल पुगेको थियो।
घटनास्थल निरीक्षणपछि प्रहरीले अनुमान लगाए — हत्याराले आफ्नो रगत लतपतिएको हात धुन घटनास्थलमा रहेको चापाकल प्रयोग गरेका हुन सक्छन्! उनको हातको निसान र शरीरको गन्ध चापाकलको ह्यान्डलमा रहेको हुन सक्छ!
यही अनुमानका आधारमा प्रहरीले रोजलाई चापाकल नजिक लगे।
यहाँबाट सुरू भयो, रोजको खोज।
उसले चापाकलको ह्यान्डल सुँघ्यो। त्यसपछि ऊ घटनास्थलबाट तीनकुनेको खाली जग्गातिर गयो। त्यहाँबाट गोरेटो बाटो हुँदै कोटेश्वर पुग्यो।
कोटेश्वरमा पनि ऊ रोकिएन।
ऊ अगाडि बढ्दै जडिबुटी चोकसम्म पुग्यो र त्यहीँ थामियो।
रोज जुन बाटो हिँड्दै जडिबुटी चोक पुगेको थियो, त्यो हत्यारा हिँडेको बाटो थियो।
प्रहरी टोलीमा सामेल कुकुरहरूले हत्यारा हिँडेको बाटो कसरी पत्ता लगाउँछन्? अन्य अपराधमा संलग्न व्यक्तिहरू लुकेको ठाउँसम्म उनीहरू कसरी पुग्छन्?
कसैले लागुऔषध लुकाएर ल्याएका छन् कि छैनन् भन्ने कसरी थाहा पाउँछन्?
कोही व्यक्ति हराएको छ भने, हराएको व्यक्तिलाई कुकुरहरूले कसरी खोज्छन्?
हत्यारा लगायतका अपराधीले आफू हिँडेको बाटोमा त्यस्तो के छाडेका हुन्छन्, जसका आधारमा कुकुरहरू उनीहरू भएको ठाउँसम्म पुग्छन्?
यो स्टोरीमा हामी यिनै विषयमा चर्चा गर्नेछौं।
यसबाहेक कुकुरहरूको स्वभाव, मनोविज्ञान र उनीहरूलाई कसरी तालिम दिइन्छ, त्यसबारे पनि बताउने छौं।
(सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री नि:शुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ। पढ्नका लागि तल दिएको लिंकमा गएर सबस्क्राइब गर्नुहोस्।)