नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ।
शुक्रबार अमेरिकी डलर एकको खरिददर १२७ रुपैयाँ ३२ पैसा र बिक्रीदर १२७ रुपैयाँ ९२ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिदमा भने १२९ रुपैयाँ २७ पैसा र बिक्रीमा १२९ रुपैयाँ ८८ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिददर १५४ रुपैयाँ ४७ पैसा र बिक्रीदर १५५ रुपैयाँ २० पैसा तोकिएको छ ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८९ रुपैयाँ र बिक्रीमा ८९ रुपैयाँ ४२ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९९ रुपैयाँ ३८ पैसा र बिक्रीमा ९९ रुपैयाँ ८५ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ७६ पैसा र बिक्रीमा ३४ रुपैयाँ ९२ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३३ रुपैयाँ ९० पैसा र बिक्रीदर ३४ रुपैयाँ ६ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३४ रुपैयाँ ६६ पैसा र बिक्रीमा ३४ रुपैयाँ ८३ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २८ रुपैयाँ ५९ पैसा र बिक्रीमा २८ रुपैयाँ ७३ पैसा पाइन्छ।
शुक्रबार कुवेती दिनार एकको खरिदमा ४१४ रुपैयाँ ६४ पैसा र बिक्रीमा ४१६ रुपैयाँ ६० पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३३७ रुपैयाँ ७० पैसा र बिक्रीदर ३३९ रुपैयाँ २९ पैसा तोकिएको छ।