लिन्च स्टक मार्केटलाई धितोपत्र बोर्डले कारबाही गरेको छ।
हितग्राही खाता खोल्दा प्राप्त विवरण तथा कागजातको आवश्यक जाँचवुझ गरेको नदेखिएको र ग्राहक परिचय विवरणमा त्रुटी देखिएकोले सो कम्पनीलाई कारबाही गरिएको बोर्डले जनाएको छ।
सो कम्पनीले सेयर कारोबारका साथै निक्षेप सदस्यको रुपमा रही कार्य गर्दै आएको छ। झुठा विवरणको आधारमा डिपी एकाउन्ट खोली कम्पनीले सेयर कारोवार गरेको सम्बन्धमा बोर्डमा उजुरी परेको थियो।
सो सम्वन्धमा छानविन गर्दा कम्पनीले त्रुटी गरेको भेटिएपछि कारबाही गरिएको बोर्डले जनाएको छ।
धितोपत्र सम्वन्धी ऐन २०६३ को दफा १०१ को उपदफा (४) व्यवस्था पालना गरेको नदेखएकोले सो कम्पनीलाई पचास हजार रुपैयाँ आर्थिक जरिवाना गरिएको बोर्डले जनाएको छ।