हिमालयन बैंकलाई आइएफसीले ऋण प्रदान गर्ने भएको छ। आइएफसी र बैंकबीच साना तथा मझौला व्यवसायमा लगानी गर्नेगरी ऋणसम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
आइएफसी विश्व बैंक ग्रुपअन्तर्गतको समूह हो। सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमसेर राणा र आइएफसीका तर्फबाट प्रतिनिधि एम रेहान रसिदले हस्ताक्षर गरे।
सम्झौताअनुसार बैंकलाई आवश्यक कोष कर्जा स्वरुप आइएफसीले कर्जा उपलव्ध गराउनेछ। सो कर्जा बैंकले महिला उद्यमीहरुको साना तथा मझौला व्यवसाय स्थापना, संचालन र प्रवद्र्धनका लागि परिचालन गर्नेछ।