सान्जेन र रसुवागढी जलविद्यत आयोजनाको प्राथमिक सेयर बाँडफाँड भएको छ। कर्मचारी कोषका संचयकर्ता, कम्पनीका कर्मचारी तथा ऋणदाताका कर्मचारीका लागि सेयर खुलाइएको थियो।
रसुवागढीको कुल १ करोड ३३ लाख ४२ हजार ९५ कित्ता सेयर खुलाइएको थियो। जसमा १ लाख ८८ हजार ९६३ जना सहभागी भएका थिए। तिमध्ये १ हजार ८५ जनाको आवेदन विविध कारणले रद्द गरिएको छ।
स्वीकृत आवेदकमध्ये ५० र ६० कित्ताका लागि आवेदन दिनेले त्यति नै पाएका छन्। ७० देखि ५ सय कित्तासम्म माग गर्नेले ७० का दरले पाएका छन्।
बाँकी रहेको ६ लाख ८० हजार १८५ कित्तामध्ये ६८ हजार १८ जनालाई १० कित्ता तथा थप ५ जनालाई १/१ कित्ताका दरले बाँडिएको छ।
त्यस्तै सान्जेन जलविद्युत आयोजनाको पनि सेयर बाँडफाँड भएको छ। कुल १ लाख ८५ हजार ३५ जना संचयकर्ताले यसमा आवेदन गरेकोमा उनीहरुलाई ५५ लाख ५१ हजार ५० कित्ता सेयर दिइएको छ।
५० देखि ३ सय कित्तासम्म आवेदन दिने संचयकर्ताले ३० कित्ताका दरले पाएका छन्। ३० कित्ताका दरले कुल ५५ लाख ५१ हजार ५० कित्ता सेयर दिइएको छ।
बाँकी रहेको १५ लाख ६६ हजार ४५० कित्ता सेयर १०÷१० कित्ताका दरले १ लाख ५६ हजार ६४५ जनालाई दिइएको छ। त्यस्तै सान्जेनको संस्थापक कर्मचारीतर्फ ५० देखि १४० कित्तासम्म माग गर्नेले भनेजति नै सेयर पाएका छन्। १५० देखि ३ सय कित्तासम्म माग गर्नेले भने १४० कित्ताका दरले सेयर पाएका छन्।
बाँकी रहेको २७ हजार ४६० कित्ता २ हजार ७ सय ४६ कर्मचारीलाई १० कित्ताका दरले दिइएको छ।