नेपालीहरु बैदेशीक रोजगारमा जाने क्रम दिनानुदिन बढ्दो छ। बिदेशीएका नेपालीहरुले कमाएको पैसा नेपाल पठाउन बिभिन्न रेमिटेन्सको साहारा लिनु पर्दछ।
दैनिक फेरबदल हुने बिदेशी बिनिमय दरको बारेमा जानकारी राख्दा पठाएको र पाउने रकमको हिसाब राख्न सहज हुन्छ।
सोमबारको लागि नेपाल राष्ट्र बैंकले साउदी अरब रियालको खरिददर २७ रुपैयाँ ६६ पैसा तोकेको छ भने विक्रीदर २७ रुपैयाँ ८२ पैसा निर्धारण गरेको छ।
त्यस्तै राष्ट्र बैंकले कतारी रियालको खरिददर २८ रुपैयाँ ४८ पैसा तोकिएको छ भने विक्रीदर २८ रुपैयाँ ६५ पैसा निर्भारण गरेको छ।
दुबईको दिरामको खरिददर २८ रुपैयाँ २४ पैसा र विक्री मूल्य २८ रुपैयाँ ४० पैसा तोकिएको छ।
त्यस्तै मलेसियन रिंगेटको खरिददर २६ रुपैयाँ ४८ पैसा तोकिएको छ भने विक्रीदर २६ रुपैयाँ ६३ पैसा निर्धारण गरेको छ।
आज सोमबार अमेरिकि डलरको खरिद मूल्य १ सय ३ रुपैयाँ ७२ पैसा तोकिएको छ भने विक्री मूल्य १०४ रुपैयाँ ३२ पैसा निर्धारण गरीएको छ।
नेपाल राष्ट्र बैंकको बिनिमय दर अनुसार साउदी अरब रियाल, कतारी रियाल, दुबईको दिराम, मलेसियन रिंगेट र अमेरिकी डलरको खरिद र विक्री मूल्य पछिल्लो तीन दिन देखि समान रहेको छ।
त्यस्तै राष्ट्र बैंकका अनुसार अघिल्लो दिनको तुलनामा २३ पैसा बढेको कुवेत दिनारको खरिददर ३ सय ४६ रुपैयाँ ३५ पैसा रहेको छ भने विक्रीदर ३ सय ४८ रुपैयाँ ३८ पैसा तोकिएको छ।