सेन्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृतमा तुल्सीराम गौतम नियुक्त भएका छन्।
वैशाख १९ गतेदेखि उनले कार्यभार सम्हाल्ने बैंकले जनाएको छ। गौतमले नेपाल बैंकबाट बैंकिङ्ग सेवा प्रारम्भ गरी सोमा १३ वर्ष, नेपाल इण्डोसुइज बैंकमा ७ वर्ष, नेपाल एसबीआई बैंकमा कर्जा प्रमुख भई १० वर्ष र माछापुच्छ्रे बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा रही ४ वर्षको अनुभव लिएका छन्।
त्रिभुवन विश्व विद्यालयबाट मार्केटिङ्ग र वित्त विषयमा स्नातकोत्तर उनको अनुभवबाट यस बैंकले विशिष्ट पहिचान बनाउने अपेक्षा गरेको छ।
बैंकले विभिन्न ९३ शाखाहरु, ८ एक्सटेन्सन काउन्टर तथा १० शाखारहित बैंकिङ्ग सेवा संचालन गर्दै आएको छ।
यसअघि सेन्चुरीले अनिल शाहलाई नियुक्त गरे पनि शाह हाजीर नभएपछि सो पद रिक्त रहेको थियो। शाह हाल नविल बैंकको डेपुटी सिइओका रुपमा कार्यरत छन्।